शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सात जना प्राज्ञलाई 'विजय मल्ल नइ शताब्दी पुरस्कार'

बुधबार, २१ माघ २०८२, ०८ : २५
बुधबार, २१ माघ २०८२

काठमाडौँ । नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई  ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका छन् ।

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा।नित्यानन्द खतिवडा र प्राडा कृष्णराज घतानी रहेका छन् ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा  बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप