संसद् पुनःस्थापनाको आसमा रहेकालाई गोकुलको कटाक्ष: ‘अब अन्टसन्ट नसोची चुनावमा होमिए हुन्छ’
बुधबार, २१ माघ २०८२, ११ : ३०
सारांश
- एमाले नेता गोकुल बास्कोटाले संसद पुनःस्थापनाको आशामा रहेकाहरूलाई जनताको बीचमा जान सुझाव दिए।
- उनले चुनावमा गठबन्धन गरेपनि जनताको मन मिल्दैन भन्दै नेताहरूको गठबन्धनले जनताको भावनामा असर पार्ने बताए।
- बास्कोटाले राजनीतिमा 'म्याच फिक्सिङ' को सम्भावनाबारे व्यंग्यात्मक टिप्पणी गरे।
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले संसद् पुनःस्थापनाको आसमा रहेकाहरूलाई लक्षित गर्दै बास्कोटाले अब अलमलमा नपरी जनताको बिचमा जान सुझाव दिएका हुन्। सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आसमा हिउँ बर्साएको टिप्पणी गर्दै उनले अब जित्न चाहनेले जनमत बटुल्नतिर लाग्नुको विकल्प नरहेको उल्लेख गरेका हुन्।
बास्कोटाले आसन्न चुनावमा हुने राजनीतिक समीकरण र गठबन्धनको विषयमा पनि तिखो टिप्पणी गरेका छन्। उनले चुनावमा नेताहरूबिच गठबन्धन भए पनि जनताको भने आफ्नै ‘मनबन्धन’ हुने दाबी गरेका छन्। नेताहरूले सत्ताका लागि गर्ने गठबन्धनले जनताको भावना र उनीहरूको आपसी सम्बन्धलाई भत्काउन कठिन हुने उनको तर्क छ।
आफ्नो फेसबुक पोस्टको अन्त्यमा उनले व्यङ्ग्यात्मक शैलीमा राजनीतिमा ‘म्याच फिक्सिङ’ को सम्भावना सधैँ खुला रहने सङ्केत समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण