उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत
काठमाडाैँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् ।
अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए । यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।
उनले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको पनि बताए । सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताए।
उनकाअनुसार उपत्यकाको मत परिवर्तित छ । सानो घटनाले पनि यहाँको मत परिवर्तन हुने उल्लेख गर्दै उनले यसपटक एमालेको माहोल बनेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण