आईजीपी कार्कीको शब्द रहेकाे गीत इन्टर मिलानकाे फेसबुक पेजमा
काठमाडौँ । नेपालका प्रहरी प्रमुख दानबहादुर कार्कीको गीत युरोपको फुटबल क्लब इन्टर मिलानले पनि प्रयोग गरेको छ । क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै पृष्ठभूमिमा नेपाली गीत बजाएको हो ।
गीतको एउटा पङ्क्ति पृष्ठभूमिमा बजाएर इन्टर मिलानले फेसबुक पेजमा लेखेको छ, ‘सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन । नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।’
इन्टर मिलानले प्रयोग गरेको गीतको टुक्का ‘आँखा झिमझिम भो...’ गीतबाट लिइएको हो । ७ महिनाअघि सार्वजनिक गीतको शब्द दानबहादुर कार्कीले लेखेका हुन् भने स्वर सदीक्षा कट्टेल र समीर खरेलले दिएका छन् ।
बसन्त सापकोटाको सङ्गीत रहेको गीतको भिडियोमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन् ।इन्टर मिलानको पोष्टमा थुप्रैले प्रतिक्रिया दिएका छन् । कतिले नेपाली गीत सुनाएको धन्यवाद समेत दिएका छन् ।
इन्टर मिलान, चर्चित इटालियन फुटबल क्लब एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण