उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा. भट्टलाई तोक्न परामर्श दिने निर्णय
बुधबार, २१ माघ २०८२, २१ : ०३
काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालत, काठमाडौँको अध्यक्ष पदमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दीवाकर भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।
परिषद्को आज बसेको बैठकले उक्त अदालतको अध्यक्षमा जिल्ला न्यायाधीश भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए।
त्यस्तै, बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गर्ने र २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण