जनताको जीवनस्तर सुधार मुख्य ‘एजेन्डा’: जसपा अध्यक्ष यादव
बिहीबार, २२ माघ २०८२, ०० : १२
सारांश
- उपेन्द्र यादवले समावेशी राजनीति, संघीयता कार्यान्वयन र जीवनस्तर सुधारलाई पार्टीको मुख्य एजेन्डा बताए ।
- यादवले मधेशको विकास र पहिचानका लागि पार्टी संघर्षरत रहेको बताए ।
- पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै यादवले पार्टी सधैं खुला रहेको जानकारी गराए ।
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य ‘एजेन्डा’ रहेको बताएका छन् ।
जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा उनले मधेसको विकास र पहिचानका लागि पार्टी निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो शक्तिको आधार भएको बताए ।
त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्दै यादवले विचार र एजेन्डामा सहमति हुनेहरूका लागि पार्टी सधैँ खुला रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण