कांग्रेसका उम्मेदवार जिताउन तरुण दलले तोक्यो प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेस निकट तरुण दलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनका लागि जिम्मेवारीसहित केन्द्रीय सदस्यहरुलाई बिहीबार केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
जिल्ला/निर्वाचन क्षेत्रमा नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधिको रूपमा रही जिल्ला/क्षेत्रमा नेपाली कांग्रेस पार्टी र पार्टीको आधिकारिक उम्मेदवारसँग समन्वय गरी प्रभावकारी कार्य गर्न भनिएको छ ।
आ–आफ्नो जिल्लामा सबै तहमा गठित नेपाल तरुण दलको तरुण परिचालन समितिलाई फागुन २१ गते मतदान कार्य सम्पन्न भई मतगणना पूरा नभएसम्म क्रियाशील गराई राख्न आवश्यक भूमिका खेल्न आग्रह गरिएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
जिल्लामा सबै तहमा दलको संरचनाहरूमा तरुण परिचालन समिति गठन गर्न दलको जिल्ला कार्यसमितिलाई समन्वय गरी आवश्यक सहयोग परिपत्र गरिएको छ । नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन चुनावी अभियानसँग सम्बन्धित अन्य आवश्यक देखिएका कार्यहरू गर्न आआफ्नो जिल्लाको/क्षेत्रको पार्टीको उम्मेदवार र दलको जिल्ला कार्यसमितिसँग समन्वय गर्न समेत भनिएको छ ।
त्यस्तै आ–आफ्नो जिल्ला/निर्वाचन क्षेत्रमा दलको तर्फबाट निर्वाचनको अवधिमा गरिएका जिम्मेवारी र कार्यहरूको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण