माैसम पूर्वानुमान
कस्तो रहला आज देशभरको मौसम ?
शुक्रबार, २३ माघ २०८२, ०६ : १४
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
- तराईका केही स्थानहरूमा हुस्सु र तुवाँलो लागेको छ भने पहाडी र हिमाली क्षेत्रमा मौसम सफा छ।
- आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने र कोशी र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ।
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भ(भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण