निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण : आयुक्त जबरा
काठमाडाैँ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताए । विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गरे ।
आयुक्त जबराले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराए ।
पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण