नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
सारांश
- नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन्, जसले माघ २३ गतेदेखि पदभार ग्रहण गरिन्।
- उनले बंगलादेश युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातक गरेर २०५१ सालदेखि टेलिकममा सेवा सुरु गरेकी थिइन्।
- डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकतालाई ध्यान दिँदै कम्पनीलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले पाएकी छिन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई माघ २३ गतेदेखि लागू हुने गरी यस गरिमामय पदमा नियुक्त गरिएको हो।
टेलिकमको नेतृत्व सम्हाल्ने अवसर पाएसँगै उनले आजै आफ्नो पदभार समेत ग्रहण गरेकी छिन्। नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलको नेपाल टेलिकममा लामो र अनुभवी यात्रा छ। बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकी उनले २०५१ सालदेखि इन्जिनियरका रूपमा टेलिकममा सेवा सुरु गरेकी थिइन्।
तीन दशक लामो करियरमा उनले विराटनगर र काठमाडौँ प्रादेशिक निर्देशनालयको निर्देशकका साथै वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको नेतृत्व समेत सफलतापूर्वक सम्हालिसकेकी छिन्। पछिल्लो समय उनी नायव प्रबन्ध निर्देशक र प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन्।
पदभार ग्रहण गर्दै डंगोलले नेपाल सरकारले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन्। उनले आफ्नो कार्यकालमा ग्राहकको चाहना र सरकारको प्राथमिकतालाई शिरोधार्य गर्दै कम्पनीलाई थप प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउने प्रतिबद्धता जनाइन्। टेलिकमलाई प्रतिस्पर्धी बजारमा अब्बल सावित गर्न कर्मचारीहरूलाई साझा उद्देश्यका साथ अघि बढ्न उनले आह्वान समेत गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण