पाँच प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पाँच जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे।
- माघ १९ गतेको सरकारको निर्णयअनुसार पाँच जना अधिकृतको पदोन्नति भएको थियो।
- समारोहमा प्रहरी महानिरीक्षकले व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका पाँच जना प्राविधिक प्रहरी अधिकृतहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बिच महानिरीक्षक कार्कीले उनीहरूलाई नयाँ पदको दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका हुन्।
नेपाल सरकारको माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा एक जना, नायव उपरीक्षकबाट उपरीक्षकमा दुई जना र निरीक्षकबाट नायव उपरीक्षक पदमा दुई जना गरी कुल पाँच जनाको पदोन्नति भएको थियो ।
पदोन्नतिसँगै दर्ज्यानी चिह्न पाउनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी र मोहनसिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए। शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा प्राविधिक समूहको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नयाँ पदले साङ्गठनिक उद्देश्य प्राप्तिका लागि थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
साथै, उनले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीतिअनुसार उच्च मनोबलका साथ काम गर्न समेत प्रहरी कर्मचारीहरूलाई सचेत गराए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट बोल्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डेले सङ्गठनको श्रीवृद्धिका लागि थप उत्प्रेरित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण