‘रास्वपा र बालेनको एकता विचार, सिद्धान्तविहीन स्टन्ट मात्र हो’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबिचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए ।
नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गरे । नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गरे । उनले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पारे।
नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उनको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै सापकोटाले वि.सं. २०६४ देखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण