नेकपा बहुमतका ललितपुर इन्चार्जसहित १५ नेताहरू कांग्रेसमा प्रवेश
सारांश
- नेकपा बहुमतका १५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
- ललितपुर जिल्ला इन्चार्ज कुमार सिल्वालसहित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई स्वागत गरे।
- पार्टी प्रवेश गर्नेहरूमा नेकपा बहुमतका विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
काठमाडौँ । नेकपा बहुमतका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्जसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलामा नेकपा बहुमत ललितपुरका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुमार सिल्वालसहित कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई खादा र माला लगाएर कांग्रेस प्रवेश गराएका हुन् । सिल्वालसँगै नेकपा बहुमत युवा संगठनका जिल्ला अध्यक्ष सुनिल स्याङ्जाली मगर, गोदावारी नगरपालिकाका इन्चार्ज हरिकृष्ण महत, कोन्ज्योसोम गाउँपालिकाका इन्चार्ज सत कुमार सिलवाल, ललितपुरमा तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश तामाङ, ललितपुरका जिल्ला सदस्य सुरज सिंजापतिले कांग्रेसका प्रवेश गरेका हुन् ।
यस्तै पार्टी प्रवेश गर्नेहरूमा अशोक रूम्बा, अमर सिगार, सुनिल विक, राजु तामाङ, दिपेश मगर, इन्द्र राना मगर, सुनिल मगर, नविन राना मगर र प्रवीण राना मगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण