इस्लामाबादको मस्जिदमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १६९ घाइते
काठमाडाैँ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक शिया मस्जिदमा आत्मघाती आक्रमण भएको छ। पाकिस्तानी अखबार ’द डन’ का अनुसार यस आत्मघाती हमलामा ३१ जनाले ज्यान गुमाएका छन् भने १६९ जना गम्भीर घाइते भएका छन्।
घटनालगत्तै प्रहरी र उद्धार टोलीले घटनास्थल पुगेर राहत कार्य सुरु गरेका छन् भने घाइतेहरूलाई अस्पताल पुर्याउन राजधानीका सबै अस्पताललाई उच्च सतर्कतामा राखिएको छ। विस्फोटपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै इस्लामावादका प्रहरी प्रमुखले सङ्कटकाल घोषणा गरेका छन्।
हालसम्म कुनै पनि आतङ्कवादी समूहले यस बीभत्स घटनाको जिम्मेवारी लिएको छैन तर हताहत हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निर्दोष मानिसहरूलाई निशाना बनाउनु मानवता विरुद्धको अपराध भएको बताएका छन्। उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई कडा निर्देशन समेत दिएका छन्।
मन्त्री डा. तारिक फजल चौधरीले पनि सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै यस्ता आततायी क्रियाकलापले देशको हौसला तोड्न नसक्ने उल्लेख गरेका छन्। उनले शान्तिका लागि सबैलाई एकजुट हुन र सुरक्षा निकायलाई साथ दिन अपिल गरे।
पाकिस्तानमा पछिल्लो समय आतङ्कवादी गतिविधि तीव्र बनेको छ। यसअघि नोभेम्बर २०२५ मा पनि इस्लामावादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाले ज्यान गुमाएका थिए।
ग्लोबल टेररिज्म इन्डेक्स २०२५ का अनुसार पाकिस्तान विश्वकै दोस्रो सबैभन्दा बढी आतंकवाद प्रभावित देश बनेको छ। सन् २०२४ मा चौथो स्थानमा रहेको पाकिस्तान अहिले बुर्किना फासोपछि दोस्रो स्थानमा उक्लिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण