काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबिच सम्झाैता
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) ले नेपाल क्लियरिङ्ग हाउस( NCHL)सँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेको छ । सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउसका भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) सुरु गरेको हो ।
सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो ।
यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले NCHL-IPS र RPS प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्नसक्नेछन । उक्त कारोबारहरु KUKL को बैंक खाताबाट सोझै लाभग्राही वा ग्राहकहरुले आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथै, KUKL ले अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू गर्ने योजना रहेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको NPI मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुको NCHL-IPS र RPS प्रणालीहरुको प्रयोग गर्न सक्छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यका भित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको छ । KUKL को सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटाइजेशन अभियानको थालनी गर्दै आफ्न बिलिङ्ग तथा भुक्तानी प्रक्रियाहरु स्वचालित गर्ने पहल गरेकोछ ।
थप जानकारीको लागि www.nchl.com.np र www.kathmanduwater.org मा हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण