स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवालाले आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
झलारीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वय र पालनासम्बन्धी अन्तक्र्रियाका सहभागी सबै पक्षले स्वच्छ निर्वाचन लोकतन्त्रको आधार भएकाले यसको सफलताका लागि सहकार्य अपरिहार्य रहेकामा एकमत जनाएका हुन् ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचन हुने विषयमा ढुक्क रहन सबैलाई आग्रह गरे । निर्वाचनका लागि आवश्यक पूर्वतयारीका सबै काम पूरा भइसकेको जानकारी दिँदै उनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका तीनै अङ्ग परिचालन भइसकेको बताए।
“सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन”, उनले भने, “कुनै पनि घटना घट्दै गरेको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था गरिएको छ ।”
जिल्लाका मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले सबै पक्षको सहकार्यमा स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । सभ्य समाज निर्माणका लागि सामाजिक शिष्टाचार जोगाउन आचारसंहिता पालना अनिवार्य रहेको उनको भनाइ थियो । हालसम्म निर्वाचन कार्यालयमा गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नआएको जनाउँदै उहाँले कतै उल्लङ्घन भएमा उजुरी दिन आग्रह गरे।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारी सवारीसाधनको दुरुपयोग रोक्नुपर्ने, उम्मेदवार तथा जनप्रतिनिधिको सुरक्षाको सुनिश्चित गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नुपर्ने र मतदाताले स्वविवेकले मतदान गर्न पाउने वातावरण कायम गर्नुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण