सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था संकटग्रस्त
गाजा । गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूलाई दुर्व्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। यसैबिच, सर्वसाधारणलाई लक्षित गर्दै भइरहेका इजरायली आक्रमणका कारण मानवीय अवस्था झन् जटिल बन्दै गएको छ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाका सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा हवाई आक्रमण र गोलाबारी निरन्तर भइरहेको छ, जसका कारण मानवीय क्षति र भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ।
कार्यालयले बिहीबार इजरायली सेनाले शरणार्थीका लागि स्थापित विद्यालय समूहअन्तर्गत अन्तिम बाँकी रहेको एक विद्यालय पनि ध्वस्त पारेको जनाएको छ। यससँगै सो क्षेत्रका सबै विद्यालय पूर्ण रूपमा नष्ट भएका छन् । संयुक्त राष्ट्रसंघले सर्वसाधारण तथा सर्वसाधारण संरचनाको सधैं संरक्षण हुनुपर्ने र तिनलाई कहिल्यै पनि सैन्य गतिविधिका लागि प्रयोग वा लक्षित गर्न नहुने स्पष्ट पारेको छ।
संयुक्त राष्ट्रसंघको विकास कार्यक्रमले बिहीबार इजरायली जाँच चौकीबाट २१ जना फर्किएका व्यक्तिलाई खान युनिसस्थित नासेर अस्पताल पुर्याएको जनाएको छ। सोमबारदेखि हालसम्म ९८ जना फर्किएका व्यक्तिलाई त्यहाँ स्वागत गरिएको छ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले फर्किएका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार, अपमान र हिंसाको क्रम देखिएको भन्दै चेतावनी दिएको छ। कार्यालयका अनुसार केही सशस्त्र प्यालेस्टिनी समूहले इजरायली सेनाको समर्थनमा फर्किनेहरूलाई हातकडी लगाउने, आँखामा पट्टी बाँध्ने, धम्की दिने, शरीर जाँच गर्ने तथा पैसा र निजी सामान लुट्ने गरेका छन्।
मानव अधिकार कार्यालयले फर्किने क्रममा इजरायली जाँच चौकीमा हिंसा, अपमानजनक सोधपुछ तथा शारीरिक मर्यादा उल्लङ्घन हुने किसिमका जाँच गरिएको विवरण प्राप्त भएको जनाएको छ। यी सबै गतिविधिले प्यालेस्टिनीहरूको व्यक्तिगत सुरक्षा, मानवीय मर्यादा तथा यातना र अमानवीय व्यवहारबाट मुक्त रहने अधिकारको गम्भीर उल्लङ्घन गरेको कार्यालयको निष्कर्ष छ।
मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाभित्र मानवीय सहायता पुर्याउन अझै पनि इजरायली अधिकारीहरूसँग समन्वय गर्नुपर्ने अवस्था कायम छ । बिहीबार र शुक्रबार समन्वयका लागि प्रस्ताव गरिएका ११ वटा मानवीय अभियानमध्ये ६ वटा मात्र पूर्ण रूपमा सम्पन्न भएका थिए। बाँकीमध्ये केही अभियान लामो समयसम्म रोकिएपछि आंशिक रूपमा मात्र सफल भएका थिए।
ती अभियानहरूमा खानेपानी तथा सरसफाइ सामग्री सङ्कलन, इन्धन आपूर्ति, चिकित्सकीय उद्धार, राफाह नाका हुँदै आवतजावत तथा बिरामीहरूलाई नासेर अस्पतालसम्म पुर्याउने कार्य समावेश थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण