कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण
पाेखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई आज निर्वाचन सुरक्षा, आचारसहिंतालगायत विषयमा अभिमुखीकरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरिक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।
“कार्यालयको नेतृत्वबाट मातहतका कार्यालय र युनिटका प्रमुखलाई निर्देशन प्राप्त भएको छ, निर्वाचन सुरक्षालाई कसरी चुस्त र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको छ”, उनले भने । कास्कीमा निर्वाचनका लागि ९५७ प्रहरी परिचालन हुनेछन् । यस्तै दुई हजार आठ निर्वाचन प्रहरी परिचालन हुने बताइएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन् । जिल्लामा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण