कर्णालीमा खेलकुद ऐनलाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक प्रदेशसभामा लिइयो
सारांश
- कर्णाली प्रदेश सरकारले खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न विधेयक ल्याएको छ।
- विधेयक यसअघि प्रदेश सभामा पेश भएर फिर्ता भएको थियो, जसमा अस्पष्टता रहेको थियो।
- मन्त्रिपरिषद् बैठकले दैलेखको अधुरो भवन निर्माण र वन नियमावलीलाई पनि स्वीकृत गरेको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक प्रदेश सभामा लिने भएको छ । त्यसका लागि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत प्रदान गरिसकेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
यसअघि यो विधेयक प्रदेशसभा हुँदै विषयगत समितिमा गएको थियो । अहिलेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी सामाजिक विकास समितिको सभापति हुने बेला छलफल नै भएन । त्यसपछि यो विधेयक फिर्ता गरिएको थियो ।
अहिले दोस्रो पटक सरकारले विधेयकलाई अगाडी बढाएको छ । ऐनमा सदस्यसचिवको पारिश्रमिकदेखि थुप्रै कुराहरूमा अस्पष्ट रहेकाले तत्कालीन सामाजिक विकास मन्त्री टेकराज पछाइले विधेयक संशोधनको कुरा उठाएका थिए ।
सरकारका प्रवक्ता शाहका अनुसार आइतबार बसेको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि ६० लाख रकम अख्तियारी दिने निर्णय पनि गरेको छ । यस्तै, कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने पनि निर्णय भएको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण