४ वर्षीय बालिका मृत्यु प्रकरणको तत्काल छानबिन गर्न जेनजी मुभमेन्ट एलायन्सको माग
सारांश
- जेनजी मुभमेन्ट एलायन्सले रास्वपाका उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको निधनको छानबिनको माग गरेको छ।
- एलायन्सले फरार उम्मेदवार र चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाउन माग गरेको छ।
- एलायन्सले पीडित परिवारलाई क्षतिपूर्ति, कानुनी सहयोग र सामाजिक सुरक्षाको सुनिश्चितताको माग गरेको छ।
काठमाडौँ । जेनजी मुभमेन्ट एलायन्सले रास्वपाका उम्मेदवारको गाडीको ठक्करबाट ४ बालिकाको निधन भएको घटनाको तत्काल छानबिन सुरु गर्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एलायन्सले सो माग गरेको हो ।
एलायन्सले फरार भनिएका उम्मेदवार र चालकलाई पनि तुरुन्त नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन समेत माग गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ : ‘घटना लगत्तै गाडीमा सवार उम्मेदवार तथा चालक फरार हुनु, पीडित परिवारसँग कुनै मानवीय संवेदना नदेखाइनु र घटनालाई सामान्य बनाउने प्रयास हुनु गम्भीर र निन्दनीय विषय हो । कानुनभन्दा माथि कोही छैन भन्ने संवैधानिक मान्यतालाई यस घटनाले पुनः चुनौती दिएको छ।’
एलायन्सले पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति, निःशुल्क कानुनी सहयोग र दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्न समेत माग गरेको छ । केही दिनअघि रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ मठिया टोलमा रास्वपाका उम्मेदवार सगिर अलिमको गाडीको ठक्करबाट ४ वर्षीय बालिका अल्फा खातुनको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण