सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

थाइ प्रधानमन्त्रीको दल भुमजैथाई संसदमा सबैभन्दा ठूलो दल बन्ने अनुमान

आइतबार, २५ माघ २०८२, २२ : २०
आइतबार, २५ माघ २०८२

थाइल्यान्ड । थाइल्यान्डका प्रधानमन्त्रीको दल भुमजैथाई आइतबार सम्पन्न देशको आम निर्वाचनमा विजयको दिशामा अघि बढेको र उनको राष्ट्रवादी पार्टी संसदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी हुने टेलिभिजन च्यानलहरूले प्रारम्भिक मतगणनालाई आधार बनाएर प्रक्षेपण गरेका छन् ।

पार्टीहरूको मतपरिणामको आधारमा च्यानल ३ ले अनुतिन चर्नविराकुलको भुमजैथाईले करिब २०० सिट जित्ने भविष्यवाणी गरेको छ । त्यसैगरी, प्रगतिशील पिपुल्स पार्टी (पिपिपी) प्रतिस्पर्धामा धेरै पछाडि देखिएको छ ।

पिपिपीले यो निर्वाचनबाट १०० सिटभन्दा पनि केही कम सदस्यद्वारा संसद्मा प्रतिनिधित्व गर्ने देखिएको छ भने जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी तेस्रो स्थानमा आउने देखिएको छ।

गत चुनावमा तेस्रो स्थानमा आएको भुमजैथाइ र फेउ थाईका दुई पूर्ववर्तीहरूलाई अदालतले अपदस्थ गरेपछि सेप्टेम्बरमा संसद्ले प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका अनुतिनका लागि यो आश्चर्यजनक परिवर्तन हुनेछ ।

हार स्वीकार गर्दै पिपुल्स पार्टीका नेता नथाफोङ रुएङपान्यावुतले बैङ्ककमा पत्रकारहरूलाई भने, “हामी पहिलो स्थान हासिल गर्ने पार्टी र सरकार गठनको अधिकारलाई सम्मान गर्ने हाम्रो सिद्धान्तमा अडिग छौँ।”

धेरै मतदाताहरूको दिमागमा सबैभन्दा महत्त्वपूर्ण कम्बोडियासँगको लामो समयदेखि चलिरहेको सीमा विवादले सताइरहेका समय यसलाई सल्टाउनसक्ने नेतृत्व आवश्यक देखेका थिए ।

थइल्याण्डले गत वर्ष दुई पटक घातक लडाइँको सामना गरेको थियो । “हामीलाई एक बलियो नेता चाहिएको छ, जसले हाम्रो सार्वभौमिकताको रक्षा गर्न सकोस्,“ अनुतिनको गृहनगर बुरिरामको मतदान केन्द्रमा मतदान गर्ने पहिलो मतदाता ६४ वर्षीय युएर्नयोङ लुनबुटले भने ।

उनले भने, “यहाँ बस्दा सीमा द्वन्द्वले मलाई चिन्तित बनाएको छ । युद्ध कहिल्यै पनि हामीले सोच्ने कुरा थिएन।” पदभार ग्रहण गरेलगत्तै अनुतिनले सरकारलाई सिफारिस नगरी सशस्त्र बललाई सीमामा आवश्यक कदम चाल्न आदेश दिएका थिए ।

गत डिसेम्बरमा भएको पछिल्लो लडाइँमा थाइल्यान्डको सेनाले केही विवादित क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएको थियो र अहिले युद्धविराम सुरु भएको छ।  सोही मतदान केन्द्रमा मतदान गरेपछि निर्माण क्षेत्रका उद्यमी र गाँजाको वैधानिकीकरणको वकालत गर्ने एक शौखिन जेट विमान भालक अनुतिनले पत्रकारहरूसँग भनेका थिए, “मलाई आशा छ, मतदाताहरूले ‘हामीलाई विश्वास गर्नेछन्’।”

थाईल्याण्डको नयाँ सरकारले पनि धेरै छिमेकी देशहरूबाट सञ्चालित अरबौँ डलरको अन्तरदेशीय साइबर घोटाला नेटवर्कका कारण कमजोर आर्थिक वृद्धिसँग सङ्घर्ष गर्नुपर्नेछ, यहाँ पर्यटन क्षेत्र महत्त्वपूर्ण छ तर अझै कोभिड पूर्वको उच्च विन्दुमा फर्कन सकेको छैन ।

भुमजैथाईले ५०० सिटको तल्लो सदनमा समग्र बहुमत प्राप्त गर्ने सम्भावना नदेखिए पनि यसको सिट हिस्साले गठबन्धन वार्तामा उसलाई अग्रस्थानमा उभ्याउनेछ ।

थाइल्यान्डमा मिश्रित प्रतिनिधित्व प्रणाली छ, जहाँ ४०० सांसदहरू प्रत्यक्ष निर्वाचन क्षेत्रबाट निर्वाचित हुन्छन् र १०० जना पार्टी सूचीका लागि छुट्टै समानुपातिक निर्वाचनबाट चयन (निर्वाचित) हुन्छन् ।

यसअघि तीन वर्ष पहिले मुभ फरवार्ड पार्टी रहेको पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेको थियो, तर यसले उठाएका मुद्दाका कारण पार्टीको तर्फबाट अघि सारिएका उम्मेदवारलाई प्रधानमन्त्री बन्नबाट रोकिएको थियो र पछि पार्टी विघटन गरिएको थियो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप