मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लिभरपुलमाथि म्यान सिटीको रोमाञ्चक जित

सोमबार, २६ माघ २०८२, ०० : ४३
सोमबार, २६ माघ २०८२

सारांश

  • आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई २-१ गोलले पराजित गर्यो।
  • लिभरपुलका स्जोबोस्लाइले सुरुमा गोल गरे पनि सिटीले अन्तिममा पुनरागमन गर्यो।
  • हालान्डको पेनाल्टी गोल र स्जोबोस्लाइको रातो कार्ड खेलको मुख्य आकर्षण रहे।

काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि अन्तिम क्षणसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा २–१ को जित हात पारेको छ ।

खेलको ७४ औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर सिटीले जबरजस्त पुनरागमन गर्‍यो । ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले बराबरी गोल गरेपछि खेल थप तनावपूर्ण बन्यो । इन्जुरी समयमा अर्लिङ हालान्डले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै सिटीलाई बहुमूल्य तीन अंक दिलाए ।

खेलको अन्तिम क्षणमा लिभरपुलका स्जोबोस्लाइले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहोरे, जसले लिभरपुलको निराशा अझ बढायो ।

यो नतिजापछि म्यानचेस्टर युनाइटेड २५ खेलबाट ४४ अंकसहित तालिकाको चौथो स्थानमा यथावत् छ भने समान २५ खेल खेलेको लिभरपुल ४३ अंकका साथ पाँचौँ स्थानमा झरेको छ । उपाधि तथा शीर्ष चारको दौड झनै चर्किँदै गएको अवस्थामा आगामी खेलहरू दुवै टोलीका लागि निर्णायक बन्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप