पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव नाहाटा कारागार चलान
सोमबार, २६ माघ २०८२, १८ : १४
सारांश
- पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव सुशील नाहाटालाई अदालतको आदेशले डिल्लीबजार कारागार चलान गरिएको छ।
- गोठाटारको जग्गाबाट अवैध रूपमा बालुवा र माटो उत्खनन गरी भ्रष्टाचार गरेको ठहर सर्वोच्च अदालतले गरेको छ।
- नाहाटालाई ६ वर्ष कैद र ९१ लाख जरिवाना हुने फैसला विरूद्ध पुनरावलोकन निवेदन दिएका थिए।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव सुशील नाहाटालाई कारागार चलान गरिएको छ । सोमबार सर्वोच्च अदालतमा उपस्थित भएका नाहाटालाई अदालतको आदेशले डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
गोठाटार स्थित पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गर्ने निर्णय गरेर नाहाटा समेतले भ्रष्टाचार गरेको सर्वोच्चको ठहर छ ।
सो मुद्दामा नाहाटाले २०७३ भदौ ५ मा विशेष अदालतबाट सफाइ पाएका थिए । २०८१ माघ ३० मा सर्वोच्चबाट नाहाटालाई ६ वर्ष कैद र ९१ लाख जरिवाना हुने फैसला भएको थियो ।
सो फैसला विरुद्ध पुनरावलोकन निवेदन लिएर सर्वोच्च पुगेका नाहाटालाई अदालतले बेरुजु कैद बापत थुनामा पठाउन आदेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण