पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ३ जना पूर्वकर्मचारी कारागार चलान भएका छन् । काठमाडौँका तत्कालीन स्थानीय विकाश अधिकारीद्वय प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकाश कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी कारागार चलान भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई केहि दिनअघि काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
उनीहरुले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गर्ने निर्णय गरेर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले माघ ३० मा सो मुद्दाको फैसला गरेको हो ।
पूर्व प्रजिअ भएर समेत काम गरेका जोशीलाई सर्वोच्चले ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना हुने फैसला गरेको छ । महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । रेग्मीलाई २ लाख ३७ हजार जरिवाना र ६ महिना कैद हुने अदालतको ठहर छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ६ जना फरार छन् । न्यायाधिशहरु कुमार रेग्मी र अब्दुल अजिज मुसलमानले पशुपति विकाश कोषका तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल र सुशिल नाहाटा समेतलाई कैद र जरिवाना हुने ठहर गरेका थिए ।
कुँइकेल र नाहाटा फरार छन् । कुँइकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । नाहाटा विरुद्ध पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार जरिवनाको फैसला भएको छ । काठमाडौँको तत्कालीन स्थानीय विकाश अधिकारी गोपाल प्रसाद पराजुलीविरुद्ध ६ वर्ष कैद र १ करोड २२ लाख जरिवाना हुने ठहर भएको छ । पराजुली पनि फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण