मचाडोको सहयोगीको अवस्था सार्वजनिक गर्न भेनेजुयलाका निर्वासित विपक्षी नेताको माग
सारांश
- एडमन्डो गोन्जालेज उरुटियाले मारिया कोरिना माचाडोको सहयोगीको अवस्था सार्वजनिक गर्न माग गरे।
- गुआनिपाको अवस्थाबारे जानकारी नहुनुलाई उनलाई बेपत्ता पारिएको भनियो र प्रमाण मागियो।
- मदुरोमाथि लागुऔषध र हतियारसम्बन्धी अभियोग लागेको छ, उनको शासनकाल कठिन मानिन्छ।
काठमाडौँ । भेनेजुएलाका निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सोमबार नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोको निकट सहयोगीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
“गुआनिपाको अवस्थाको बारेमा जानकारी नहुनु भनेको उहाँलाई जबरजस्ती बेपत्ता पारिएको भन्ने हुन्छ । हामी उहाँको अवस्थाको तत्काल भरपर्दो प्रमाणको लागि माग गर्दछौँ ”, गोन्जालेज उरुटियाले एक्समा लेखेका छन् ।
जनवरी ३ मा अमेरिकाले निकोलस मदुरोलाई अपदस्थ गरेपछि राजनीतिक बन्दीहरूलाई रिहा गर्दै आएका भेनेजुएलाका अधिकारीहरूले नेशनल एसेम्बलीका पूर्व उपाध्यक्ष गुआनिपालाई आफ्नो रिहाइका सर्तहरू उल्लङ्घन गरेको भन्दै नजरबन्दमा राख्नुअघि नै हिरासतमा फर्काइएको बताएका छन् ।
एक दशकभन्दा बढी भेनेजुयलाको शासन गरेका मदुरोमाथि न्यूयोर्कमा लागु औषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ। उनले आफूमाथि अमेरिकाले लगाउँदै आएको लागु औषध कार्टेलको नेता भएको आरोप अस्वीकार गर्दै आएका थिए । अहिले उनको मुद्दा सुनुवाइको क्रममा रहेको छ।
मदुरोको शासनकाल भेनेजुएलाको इतिहासमा सबैभन्दा कठिन समय मानिन्छ । उहाँको कार्यकालमा देशले भीषण आर्थिक मन्दी, अत्यधिक मुद्रास्फीति र खाद्यान्न तथा औषधीको चरम अभाव खेप्यो । जसका कारण लाखौं भेनेजुएलाली नागरिकले देश छोड्नुपरेको बताउने गरिन्छ । विपक्षीहरू र अन्तर्राष्ट्रिय समुदायले उनलाई ‘एक तानाशाह’ को संज्ञा दिँदै निर्वाचनमा धाँधली गरेको र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण