मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी–२० विश्वकप

दक्षिण अफ्रिकाको फराकिलो जित, क्यानडा ५७ रनले पराजित

सोमबार, २६ माघ २०८२, २३ : ०६
सोमबार, २६ माघ २०८२

सारांश

  • आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गर्यो।
  • टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २१३ रन बनायो, जसमा मार्करमले ५९ रन बनाए।
  • क्यानडाले १५६ रन मात्र बनाउन सक्यो, जसका कारण दक्षिण अफ्रिकाले सहज जित हासिल गर्यो।

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’को खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गर्दै फराकिलो जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २१३ रनको विशाल योगफल खडा गर्दै क्यानडासामु २१४ रनको चुनौती प्रस्तुत गरेको थियो ।

दक्षिण अफ्रिकाको ब्याटिङमा कप्तान एडेन मार्करमले विस्फोटक प्रदर्शन गरे । उनले ३२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए । मध्य क्रममा डेभिड मिलर र ट्रिस्टन स्टब्स अविजित रहँदै टोलीको स्कोर अझै उचाइमा पुर्‍याए । मिलरले २३ बलमा ३९ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरे भने स्टब्सले १९ बलमा ३४ रन जोड्दै २ चौका र २ छक्का हिर्काए ।

यसअघि ओपनर क्विन्टन डी ककले २२ बलमा २५ रन तथा रायन रिकेल्टनले २१ बलमा ३३ रनको योगदान दिएका थिए ।

२१४ रनको लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रनमै सीमित रहँदा दक्षिण अफ्रिकाले सहज जित हात पार्‍यो । क्यानडाका बलर अंश पटेलले ३ विकेट लिँदै संघर्ष देखाए भने दिल्प्रीत बाजवाले १ विकेट हात पारे ।

यो जितसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा २ अंक जोड्दै आफ्नो स्थिति मजबुत बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप