बङ्गलादेशबाट आउने केही कपडामा अमेरिकाले दिने भयो भन्सार छुट
वासिङ्टन डीसी । अमेरिकी सामग्री प्रयोग गरेर बनाएका केही कपडा तथा वस्त्रमा भन्सार छुट पाउने गरी बङ्गलादेशले अमेरिकासँग नयाँ व्यापार सम्झौता गरेको छ । यो सम्झौता सोमबार सार्वजनिक गरिएको हो ।
सम्झौताअनुसार अमेरिकाले बङ्गलादेशबाट आयात हुने वस्त्रमा लगाउँदै आएको भन्सार दर २० प्रतिशतबाट घटाएर १९ प्रतिशत बनाउनेछ । यसको बदलामा बङ्गलादेशले अमेरिकी कृषि तथा औद्योगिक उत्पादनका लागि आफ्नो बजार थप खुला गर्ने सहमति दिएको छ ।
यो सम्झौताले दुई देशबिचको आर्थिक सम्बन्ध बलियो बनाउने र दुवै पक्षलाई बजारमा अभूतपूर्व पहुँच दिने ह्वाइट हाउसले संयुक्त विज्ञप्तिमा बताएको छ । अमेरिकाले बंगलादेशका अमेरिकी कपास र मानव–निर्मित (सिन्थेटिक) धागो प्रयोग गरेर उत्पादन गरिएका कपडा तथा वस्त्रलाई भन्सार शुल्क बिनै प्रवेश दिनेछ । यस्तो वस्तुको परिमाण अमेरिकाले बंगलादेशमा कति वस्त्र निर्यात गर्छ भन्ने आधारमा तय गरिने बताइएको छ ।
कपडा उद्योग बङ्गलादेशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यो क्षेत्र देशको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ र करिब ४० लाख कामदारलाई रोजगारी दिन्छ । सम्झौताअनुसार बङ्गलादेशले अमेरिकी रसायन, चिकित्सा उपकरण, अटो पाट्र्स, सोया उत्पादन र मासुजस्ता वस्तुलाई आफ्ना बजारमा थप पहुँच दिनेछ । बङ्गलादेश सरकारले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण