‘लालिमा’ फागुन २९ मा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । फिल्ममा रोशनी कार्की शीर्ष भूमिकामा छिन् । रोशनीको अलावा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको मुख्य भूमिका फिल्ममा छ ।
फिल्मको निर्देशन रोशन मिराजले गरेका हुन् । मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको छ । फिल्ममा ‘लालिमा’को भूमिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।
‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन्’ निर्देशक मिराजले थपे ।
पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्लायको छेउमा सङ्कटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीरको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक निर्देशक मिराज आफैँ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण