बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी
मङ्गलबार, २७ माघ २०८२, १३ : ०१
सारांश
- काठमाडौंको बालाजुमा एक व्यक्तिको डेराबाट लाखौंको धनमाल चोरी भएको छ।
- रुकुमकी एक महिलाको कोठाबाट करिब ७ लाख बराबरको सुनका गहना चोरी भएको हो।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै घटनाको अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका-२ घर भई हाल बालाजु बस्ने २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण