ट्रम्पले दिए अमेरिका–क्यानडाबिचको नयाँ पुल उद्घाटन रोक्ने धम्की
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेट्रोइट र क्यानडाको विन्डसरलाई जोड्ने नयाँ गोर्दी होवे अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन् ।
सोमबार ट्रुथ सोशलमा पोस्ट गर्दै उनले अमेरिकाले पूर्ण रूपमा क्षतिपूर्ति नपाएसम्म पुल खोल्न नदिने बताएका हुन् ।
१ दशमलव ५ माइल लामो यो पुलको मुख्य निर्माण कार्य पूरा भइसकेको छ । परीक्षणपछि यसै वर्ष पुल सञ्चालनमा आउने अपेक्षा गरिएको थियो, तर क्यानडाले अमेरिकालाई न्याय र सम्मान नदिएको आरोप लगाउँदै ट्रम्पले तत्काल वार्ता सुरु गर्ने बताएका छन् ।
‘अमेरिकाले दिएको सबै कुराको पूर्ण क्षतिपूर्ति नपाएसम्म म यो पुल खुल्न दिनेछैन । क्यानडाले हामीलाई निष्पक्ष व्यवहार गर्नैपर्छ ।’ उनले पोस्टमा लेखेका छन् । यद्यपि ट्रम्पले कानुनी वा प्रशासनिक रूपमा पुल कसरी रोक्न सक्छन् भन्ने स्पष्ट छैन । सीएनएनले ह्वाइट हाउस, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, मिशिगनकी गभर्नर ग्रेचेन ह्विटमर र पुल सञ्चालन गर्ने विन्डसर–डेट्राइट ब्रिज प्राधिकरणसँग प्रतिक्रिया मागेको छ ।
क्यानडाले पुलको दुवैतर्फ स्वामित्व राखेको र निर्माणमा करिब शून्य अमेरिकी सामग्री प्रयोग भएको गलत दाबी ट्रम्पले गरेको कुरा पनि आइरहेको छ । २०१२ को सम्झौताअनुसार करिब ४ अर्ब डलर लागतको यो पुल क्यानडाले पूर्ण रूपमा वित्तपोषण, निर्माण र सञ्चालन गर्ने भए पनि स्वामित्व क्यानडा सरकार र मिशिगन राज्यको संयुक्त हुनेछ ।
साथै सम्झौताले पुलमा प्रयोग हुने फलाम र इस्पात अमेरिका वा क्यानडामै उत्पादन हुनुपर्ने र कुनै देशलाई प्राथमिकता दिन नपाइने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण