‘पुरानो र असफल राजनीतिलाई विस्थापित गर्ने महत्त्वपूर्ण समय आएको छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद(डीपी) अर्यालले लामो समयदेखि देशमा देखिएको नेतृत्वको भ्रष्टाचार तथा सत्ता केन्द्रित सोच जनमतबाट मात्र अन्त्य हुने बताएका छन् ।
मंगलबार काठमाडौँको निर्वाचन क्षेत्र ९ अन्तर्गत नागार्जुन नगरपालिका–७ का मतदातासँग बोल्दै पुराना र असफल राजनीतिक अभ्यासलाई विस्थापित गर्दै जनउत्तरदायी नेतृत्व चयन गर्न यो निर्वाचन महत्त्वपूर्ण भएको अर्यालले बताए ।
‘देशको राजनीतिमा लामो समयदेखि दोहोरिँदै आएको असफल नेतृत्व, भ्रष्टाचार तथा सत्ता केन्द्रित सोचको अन्त्य अब जनताको मतबाट मात्र सम्भव हुने स्पष्ट पारे । उनले आगामी फागुन २१ गते हुने निर्वाचन पुरानो र असफल राजनीतिक अभ्यासलाई विस्थापित गर्दै जनउत्तरदायी, इमानदार र परिणाममुखी नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसर आएको समेत बताए ।
मतदातासँगको संवादमा शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना, स्थानीय विकास र सुशासनका विषयहरू प्रमुख रूपमा उठेका थिए। रास्वपाले आफ्नो चुनावी घोषणापत्रलाई कागजमा सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपा जनताको आवाजलाई निर्णायक शक्तिमा रूपान्तरण गर्ने अभियानमा रहेको बताउँदै उनले परिवर्तन चाहने सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान समेत गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण