भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त : राष्ट्रपति पौडेल
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए ।
- उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्न नसक्ने बताए ।
- राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ संयुक्त प्रतिबद्धताबाट मात्रै सम्भव हुने बताए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणको लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक पदाधिकारीको कार्य संस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन हुन्छ ।’
लोकतन्त्रको सुदृढीकरण हाम्रो चाहना भएको उल्लेख गर्दै पौडेलले भने, ‘भर्खरै युवा पुस्ताले त्यही चाहना प्रकट गरेका हुन भन्ने पनि हामीले नबिर्सौँ ।’ सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरमा पुर्याउन नसकिने उनले बताए । उनले भने, ‘संवृद्धि हासिल गर्ने अनिवार्य सर्त भ्रष्टाचार नियन्त्रण हो ।’
‘सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ’ राष्ट्रपति पौडेलले भने, ‘जब सार्वजनिक शक्ति व्यक्तिको स्वार्थमा प्रयोग गरिन्छ यसबाट जनताले राज्यप्रति राखेको भरोसामा आघात पुग्छ ।’
अख्तियारको दुरुपयोग सामान्य त्रुटि नभएर सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको पौडेलले बताए । उनले भने, ‘भ्रष्टाचार विरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन, संयुक्त प्रतिबद्धताबाट मात्र यो लडाईं सम्भव हुन्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण