चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरियोः सांसद रिजाल
बुधबार, २८ माघ २०८२, १४ : ०८
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उनले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताए ।
चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उनको आरोप छ । उनले भने, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य शुरु भएको छ । बजार अनुगमन गरि दोषिलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’ उनले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण