महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा पूर्वतयारीका काम तीव्र
काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ ।
यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो । साथै फोहर सङ्कलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ ।
क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । उनले भने, “महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ, क्रियसन नेपालले आज सरसफाइसहित डस्टबिन र ज्याकेट वितरण गर्नुका साथै आगामी शिवरात्रिमा स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ ।”
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ । व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताए ।
महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण