पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएको पत्र संसद् सचिवालयलाई पठाइयाे
दलको सदस्यबाट समेत हटाइयाे
बुधबार, २८ माघ २०८२, १९ : ०६
सारांश
- पूर्व मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपाले सांसद पदबाट हटाएको छ।
- पार्टीले शर्मालाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएको छ।
- शर्मा नेकपा माओवादीबाट निर्वाचित भएका थिए र हाल लोप्राको प्रदेश इन्चार्ज छन्।
सुर्खेत । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ ।
शर्मालाई सांसद पदबाट समेत हटाइएको पत्र संसद् सचिवालयलाई पठाइएको छ ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन् ।
शर्मा ०७९ मा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी एकतामा सहभागी भएका थिएनन् ।
उनी हाल जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (लोप्रा)को प्रदेश इन्चार्ज छन् । माओवादीमा छँदा दल नेता रहेका शर्माले केही समयअघि नै राजीनामा दिइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण