पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
- कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ।
- कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण