इटालीविरुद्ध नेपाललाई पहिलो झड्का, भुर्तेल ५ रन बनाएर आउट
बिहीबार, २९ माघ २०८२, १५ : २५
मुम्बई । इटालीविरुद्ध सुरुमा ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल मात्र ५ रन बनाएर आउट भएका हुन् । भुर्तेल क्याच आउट भएका हुन् । टी–२० विश्वकपअन्तर्गत वाङ्खेडे स्टेडियममा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ ।
क्रिजमा अहिले कप्तान रोहित पौडेल आएका छन् ।
पहिलो ओभरमा मात्र एक रन बनाएको नेपालको सुरुवात खासै राम्रो हुन सकेन ।
नेपाल र इटाली दुवैले जारी प्रतियोगितामा दोस्रो खेल खेल्दै छन् । नेपाल इंग्ल्यान्डसँग ४ र इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण