प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ।
- प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गरिनेछ।
- सहज सङ्क्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय एलडिसी ग्रयाजुयसेन कार्यान्वयन समिति गठन गरिनेछ।
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ ।
बिहीबार विराटनगरमा बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको भने आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधिलाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय समेत गरेको उनले बताए ।
त्यस्तै बैठकले सहज सङ्क्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय एलडिसी ग्रयाजुयसेन कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण