नामिबियासामु भारतको २१० रनको लक्ष्य, इरासमसले लिए एकै ओभरमा तीन विकेट
सारांश
- भारतले नामीबियाविरुद्ध टी-२० विश्वकपको खेलमा २०९ रनको लक्ष्य प्रस्तुत गर्यो।
- इशान किशनले ६१ रन बनाए भने हार्दिक पाण्ड्याले ५२ रनको योगदान दिए।
- नामीबियाका कप्तान जेरार्ड इरास्मसले ४ विकेट लिए र भारतलाई दबाबमा राखे।
मुम्बई । टी–२० विश्वकपको १८औँ खेलअन्तर्गत आयोजक भारतले नामीबियाविरुद्ध २०९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा जारी खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको हो ।
भारतका लागि ईशान किशनले आक्रामक अर्धशतक प्रहार गरे । उनले २४ बलमा ६१ रन बनाउँदै टोलीलाई बलियो सुरुआत दिलाएका थिए । हार्दिक पाण्ड्याले ५२ रनको योगदान दिए भने तिलक वर्माले २५ रन जोडे । शिवम दुबे २३ रनमा रनआउट भए । कप्तान सूर्यकुमार यादव १२ रनमै आउट भएका थिए, उनलाई बर्नार्ड शोल्ट्जको बलमा विकेटकिपर जैन ग्रीनले स्टम्पिङ गरे ।
सन्जु सैमसन २२ रनमा बेन शिकोंगोबाट क्याच आउट भए भने अक्षर पटेल शून्यमै पभेलियन फर्किएका थिए ।
नामीबियाका कप्तान जेरार्ड इरास्मस आजको खेलमा उत्कृष्ट लयमा देखिए । उनले ४ विकेट लिए । १९औँ ओभरमा उनले अक्षर पटेल, शिवम दुबे र हार्दिक पाण्ड्यालाई लगातार आउट गर्दै भारतलाई दबाबमा राखेका थिए ।
यसअघि टस जितेर नामीबियाले पहिले फिल्डिङ रोजेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण