ईशान–हार्दिकको दमदार प्रदर्शनमा भारतको ९३ रनको विशाल जित
सारांश
- भारतले नामीबियालाई ९३ रनले पराजित गर्दै टी-२० विश्वकपमा प्रभावशाली जित दर्ता गर्यो।
- इशान किशनले ६१ रन र हार्दिक पाण्ड्याले ५२ रन बनाएर भारतको जितमा योगदान दिए।
- नामीबियाका कप्तान जेरार्ड इरास्मसले ४ विकेट लिए तापनि नामीबियाले कमजोर प्रदर्शन गर्यो।
काठमाडौँ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा सम्पन्न टी–२० विश्वकपअन्तर्गत आजको खेलमा भारतले नामीबियामाथि ९३ रनको प्रभावशाली जित दर्ता गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामीबिया १८.२ ओभरमै ११६ रनमा समेटियो ।
भारतका लागि ईशान किशनले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए । उनले मात्र २४ बलमा ६१ रन बनाएका थिए । हार्दिक पाण्ड्याले ५२ रनको महत्त्वपूर्ण योगदान दिए भने तिलक वर्माले २५ रन जोडे । शिवम दुबे २३ रनमा रनआउट भए । कप्तान सूर्यकुमार यादव १२ रनमै आउट भए, उनलाई बर्नार्ड शोल्ट्जको बलमा विकेटकिपर जैन ग्रीनले स्टम्पिङ गरेका थिए ।
सन्जु सैमसन २२ रनमा बेन शिकोंगोबाट क्याच आउट भए भने अक्षर पटेल शून्यमै पभेलियन फर्किएका थिए ।
नामीबियाका कप्तान जेरार्ड इरास्मसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिए । विशेषगरी १९औँ ओभरमा उनले अक्षर पटेल, शिवम दुबे र हार्दिक पाण्ड्यालाई लगातार आउट गर्दै भारतमाथि दबाब सिर्जना गरेका थिए ।
यसअघि टस जितेर नामीबियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । तर भारतका शीर्ष क्रमका ब्याट्सम्यानहरूको आक्रामक प्रदर्शनले नामीबियाको योजनालाई असफल बनाउँदै भारतले प्रतियोगितामा प्रभावशाली जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण