एमालेले फागुन ३ अघि घोषणापत्र सार्वजनिक नगर्ने
सारांश
- नेकपा एमालेले फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
- केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको थियो र विज्ञहरूसँग सुझाव लिइएको छ।
- कांग्रेस र अन्य दलहरूले पनि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
काठमाडौँ । नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएपनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौँ फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्षले अध्ययन सकेर थपघट गर्नुपर्ने विषयहरू समेत समावेश गर्नुपर्ने भएकाले फागुन ३ गते अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको छ ।
‘घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भएको छ, तर फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम छ’, कार्यालय सचिव अधिकारीको भनाइ छ ।
एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो । मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहेका छन् ।
मस्यौदा कमिटीले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर सुझाव सङ्कलन गरेको थियो । एमाले नेताहरूले यो पटकको चुनावी घोषणापत्र लामो नबनाउने बताउँदै आएका छन् । अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर तयार गरिने घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
त्यस्तै अर्को दल नेपाली कांग्रेसले भने फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले फागुन २ गतेभित्र चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । मतदानको मिति आउन २० दिनमात्रै बाँकी रहँदा अर्को राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि नै महत्त्वाकाङ्क्षी योजना समेटेर आफ्नो घोषणपत्र सार्वजनिक गरेको छ भने जसपाले आज फागुन १ गते सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण