बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बन्द हुने अवस्थामा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय

शुक्रबार, ०१ फागुन २०८२, १२ : ३४
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • बजेट अभावका कारण अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयको कामकाज ठप्प हुने अवस्था आएको छ।
  • डेमोक्रेटिक पार्टीले अध्यागमन एजेन्टहरूमाथि प्रतिबन्ध लगाउन माग गर्दा सिनेटले खर्च विधेयक अगाडि बढाउन सकेन।
  • डेमोक्र्याटहरूले आईसीईमाथि निगरानी र प्रतिबन्धको माग गरेका छन्, भने रिपब्लिकनले सुरक्षामा असर पर्ने बताएका छन्।

वासिङ्टन डीसी । बजेट अभावका कारण कामकाज ठप्प हुने स्थितिमा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय पुगेको छ । डेमोक्रेटिक पार्टीले अध्यागमनका एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गरिरहँदा अमेरिकी सिनेटले मन्त्रालयको लागि खर्च विनियोजन गर्ने विधेयकलाई अगाडि बढाउन सकेको छैन । 

शनिबार मध्यरातको समयसीमा नजिकिँदै जाँदा अनिश्चितता बढेको छ । बिहीबार खर्च विधेयकमाथि भएको मतदान विधेयक पारित गर्नबाट थोरै मतले चुकेको थियो ।

 डेमोक्रेट सांसदहरूले आप्रवासन निकाय (आईसीई)माथि कडा निगरानी र नयाँ प्रतिबन्धको माग गर्दै विधेयकको विरोध गरेका हुन् । उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, बडी क्यामेरा अनिवार्य गर्नुपर्ने, जातीय प्रोफाइलिङ रोक्नुपर्ने तथा निजी सम्पत्तिमा प्रवेशअघि न्यायिक अनुमति आवश्यक हुने जस्ता माग अघि सारेका छन् । 

यी प्रस्तावलाई सामान्य र आवश्यक सुधार भन्दै डेमोक्र्याट नेता चक शुमरले यी सुधार बिना बजेट स्वीकृत नगर्ने बताएका छन् । रिपब्लिकन पक्षले भने यस्तो प्रतिबन्धले सुरक्षा काममा असर पर्ने तर्क गरिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप