२१ वर्षपछि लावाङमा पुगेका प्रचण्डले कोट्याए बाबुरामलाई कारबाही गरेको विषय
सारांश
- प्रचण्डले जनयुद्धकालमा भएको घटनाको स्मरण गर्दै, पार्टी शुद्धीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे।
- २०६१ सालमा पार्टी नीति विपरीत समाचार प्रकाशित गरेको आरोपमा डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको स्मरण गरे।
- प्रचण्डले लावाङ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रबीचको सम्बन्ध र माघ १९ को घटनाबारे पनि स्मरण गरे।
काठमाडौँ । २१ वर्षपछि रुकुम पूर्वको लावाङ पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा भएको घटनाको स्मरण गरेका छन् । जनयुद्ध ३० वर्ष पुरा भएको अवसरमा शुक्रबार लावाङमा आयोजित कार्यक्रममा प्रचण्डले विगतका घटनाको स्मरण गरेका हुन् ।
लावाङ त्यही ठाउँ हो, जहाँ २०६१ सालमा पार्टी नीति विपरीत समाचार बाहिर प्रकाशित गरेको आरोपमा डा.बाबुराम भट्टराईलाई कारबाही गरेको थियो । लावाङ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रबिच गहिरो सम्बन्ध रहेको भन्दै पार्टी शुद्धीकरण तथा सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।
‘२१ वर्ष अगाडि परिस्थिति अर्कै थियो । यहाँ बैठक बसिराखेका थियौँ । एकातिर पार्टीभित्र समस्या परिराखेको हुनाले केही साथीहरूले विधि, अनुशासन, विधि र पद्धति तोडेर बाहिर प्रतिक्रियावादीलाई खुसी बनाउने खालको समाचार लेखे बापत हामीले कारबाही गर्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘यही ऐतिहासिक गाउँमा बसेर पार्टीलाई शुद्ध पार्न गलत प्रवृत्तिबाट पार्टी बचाउनका लागि त्यतिबेला एक जना वरिष्ठ नेता कमरेड बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो, हामीले कारबाही गर्यौँ । यस अर्थमा हामीले यस गाउँ पार्टी शुद्धीकरणका निम्ति, सुदृढ बनाउनका निम्ति हामीले हिम्मत गरेर कारबाही गर्यौँ ।’
अर्कोतिर त्यतिबेलाका राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएर माओवादी विरुद्ध झनै दमन गर्ने नीति सुरु गरेको बताएका थिए । लावाङमा बैठक बस्दाबस्दै माघ १९ को घटना भएको प्रचण्डले स्मरण गरे ।
लावाङबासी त्यस ऐतिहासिक भूमिका खेलेका महान् जनता भएको उनले बताए । योपटक आफू यही जिल्लामा उम्मेदवारको रूपमा खडा भएकाले सबै जनतासँग साक्षात्कार गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण