महिलामाथि जबरजस्ती करणीको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ
शुक्रबार, ०१ फागुन २०८२, १४ : ४७
सारांश
- झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय वृद्ध पक्राउ परेका छन्।
- पीडित महिलाको उजुरीपछि प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको छ।
झापा । झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो। उजुरी प्राप्त हुनासाथ एक्सनमा उत्रिएको प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो।
हाल प्रहरीले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाको विस्तृत विवरण र प्रमाण संकलन गरिरहेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण