वीर अस्पतालमा बीमाबाट उपलब्ध गराइने दीर्घरोगी औषधि अब एक महिनाका लागि मात्रै
शुक्रबार, ०१ फागुन २०८२, १४ : ४७
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बीमा कार्यक्रममार्फत उपलब्ध गराउँदै आएको दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्रै वितरण गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै लामो समयसम्म सेवन गर्नुपर्ने औषधि यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएको भए पनि विशेष कारणवश आजदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई उपलब्ध गराइने जनाएको हो।
यो निर्णय माघ २९ गते भएको निर्णयअनुसार लागू गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले नयाँ व्यवस्थाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण