हलिउडमा डेब्यू गर्दैछन् फरहान अख्तर
सारांश
- फरहान अख्तर हलिउडमा डेब्यू गर्दैछन्, 'द बीटल्स' नामक फिल्ममा उनी देखिने भएका छन्।
- यो फिल्ममा उनले भारत रत्न विजेता पण्डित रविशंकरको भूमिका निभाउनेछन्।
- फिल्म ओस्कर विजेता निर्देशक साम मेन्डेसले निर्देशन गर्नेछन् र अप्रिल २०२८ मा रिलिज हुनेछ।
नयाँ दिल्ली । बलिउड निर्देशक एवम् अभिनेता फरहान अख्तरले हलिउडमा डेब्यू गर्न लागेका छन् । १२० बहादुरपछि फरहान एकपटक फेरि ठुलो पर्दा देखिनेछन् । तर यस पटक उनी बलिउड होइन, हलिउडमा हुनेछन् ।
फरहान अख्तर हाल डन ३ को कारण चर्चामा छन् । तीन वर्षदेखि रोकिएको यस फिल्मबाट रणवीर सिंह पछि हटेका छन् । फरहानले उनीसँग ४० करोड रुपैयाँ माग राखेका छन् । यी विवादहरूको बिचमा फरहानको हलिउड डेब्यू फिल्मको घोषणा भएको छ ।
सोनी पिक्चर्सले फरहान अख्तरसँगको आफ्नो नयाँ फिल्मको घोषणा गरेको छ । फिल्मको नाम ‘द बीटल्स– ए फोर फिल्म सिनेमेटिक इभेन्ट’ हो । यो फिल्म ओस्कर विजेता निर्देशक साम मेन्डेसले निर्देशन गर्नेछन् । यो फिल्म दुई वर्षपछि, अप्रिल २०२८ मा रिलिज हुने तय भएको छ । फिल्ममा फरहान अख्तरका साथै, लुसी बोयन्टन, मोर्फिड क्लार्क र ह्यारी लट्टीले मुख्य भूमिका निर्वाह गर्नेछन् ।
पण्डित रविशंकरको भूमिकामा देखिनेछन् फरहान
यस फिल्ममा फरहानले भारत रत्न विजेता सितारावादक पण्डित रविशंकरको भूमिका निर्वाह गर्नेछन् । भेराइटीका अनुसार चर्चित बेलायती ब्यान्डमाथि बेलायतमा यस अघि नै व्यापक स्तरमा बायोग्राफिकल सिरिज बनिरहेको छ ।
यस सिरिजमा द बीटल्सको चार जना सदस्यहरू जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टारको लागि फरक फरक फिल्म बनाइँदैछ । सोनी पिक्चर्स टेलिभिजनले सन् २०२८ को अप्रिलमा फिल्मलाई विश्वभर रिलिज गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण