राष्ट्रियसभा अधिवेशनले अन्योलतालाई चिर्ने काम गरेको छ : अध्यक्ष दाहाल
सारांश
- राष्ट्रियसभा अध्यक्ष दाहालले १९औँ अधिवेशनले संविधानको मर्मअनुसार काम गरेको बताए ।
- अधिवेशन छोटो अवधिमा सम्पन्न भए पनि ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
- उनले कानुनी जटिलता समाधानका साथै आपसी विश्वास पैदा गर्न सभा सफल भएको उल्लेख गरे।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको १९ औँ अधिवेशनले संविधानको मर्मअनुसार आपसी विश्वास पैदा गर्ने र जनतामा पैदा भएको अन्योलतालाई चिर्ने काम गरेको बताएका छन् ।
अधिवेशन अन्त्यका सन्दर्भमा शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले १९औँ अधिवेशन समयका हिसाबले छोटो अवधि सञ्चालन भए पनि ऐतिहासिक र महत्त्वपूर्ण भूमिका पूरा गर्दै सम्पन्न भएको समेत बताए ।
जेनजी आन्दोलनपछि बदलिएको देशको राजनीतिक परिस्थिति र प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा भएको अवस्थामा एक प्रकारको अन्यौलताको बिच राष्ट्रिय सभामार्फत विशिष्ट कामहरू पूरा गरेको उनले बताए ।
उनले कानुनी जटिलतालाई समाधान गर्ने मात्रै नभई सरकार, सङ्घीय संसद्, राजनीतिक दल र अन्य पक्षहरूसँग समेत सहमति, सहकार्य र समन्वय गर्दै संविधानको मर्मअनुसार आपसी विश्वास पैदा गर्ने र जनतामा पैदा भएको अन्योलतालाई चिर्न सफल भएको धारणा राखे ।
१९ औँ अधिवेशनमा ९ वटा बैठक बसी जम्मा १७ घण्टा २५ मिनेट सभाको काममा व्यतीत भएको उनले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको १९ औँ अधिवेशन अन्त्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण