दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि
सारांश
- नेपाल हक्की संघले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि आयोजना गर्दैछ।
- प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका टिमहरू सहभागी हुनेछन्, लिग कम नकआउटको आधारमा खेल हुनेछ।
- विजेता टिमलाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ, खेल दशरथ रंगशालामा हुनेछ।
काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम सहभागी हुने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलामा गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशसहित पाँच टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार पाउने आयोजक सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार नगदबाट पुरस्कृत गरिने छ ।
यही फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । हक्की सङ्घको आयोजनामा दशरथ रङ्गशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण