जनमत पार्टीका साह लगायतका नेताहरु आजपा प्रवेश
सारांश
- जनमत पार्टीका नेता राजकुमार साह लगायतका नेताहरू आजपामा प्रवेश गरेका छन्।
- रौतहट क्षेत्र नं. १ का अध्यक्ष साहलाई आजपाका नेता त्रिभुवन साहले पार्टीमा स्वागत गरे।
- राजकुमारले त्रिभुवनलाई निर्वाचनमा विजयी बनाउन अपिल गर्दै मोबाइल छापमा मतदान गर्न आग्रह गरे।
काठमाडौं । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । रौतहटको क्षेत्र नं. १ का अध्यक्ष एवं यमुनामाई गाउँपालिकाको मेयर प्रत्यासी साह सहितका नेताहरु आज आजपामा प्रवेश गरेका हुन् ।
आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले साहलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । चुनावी छलफल एवं भेटघाटका क्रममा रौतहटको विभिन्न गाउँमा पुगिरहेका त्रिभुवनले सोही क्रममा जनमत पार्टी परित्याग गरेका राजकुमारलाई पार्टी प्रवेश गराएका हुन् ।
आजपा प्रवेश गर्दै राजकुमारले उम्मेदवार त्रिभुवनलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने अभियानको कमाण्ड सम्हाल्ने र विजयी निश्चित गराउन सबैमा अपिल समेत गरे ।
सिस्टम सुधार र स्थिर सरकारका साथै आजपा नै समृद्धिको आधार भएको बताउँदै राजकुमारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र हाईज्याकरलाई पहिचान गरी बहिष्कार गर्नुपर्ने र जेनजीको माग पुरा गराउन मोबाइल छापमा मतदान गर्नुपर्ने सबैमा आग्रह गरेका छन् ।
रौतहट–१ का उम्मेदवार त्रिभुवनले आजै झिटकैया, सरउठा लगायतका गाउँमा चुनावी छलफल, भेटघाट गरेका छन् । भ्रष्टाचारी, लुटेरा, दलाल, जेनजी हत्यारा र हाईज्याकरलाई पहिचान गर्दै समृद्ध रौतहट र समृद्ध नेपाल निर्माणका लागि मोवाइलमा मतदान गर्नुपर्ने बताए ।
यसैगरी जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने राजकुमार सहितका नेताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै मोवाइल छापका उम्मेदवारलाई बिजयी बनाउने अभियानमा लाग्न शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण