दलहरूको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भयो : अध्यक्ष यादव
सारांश
- उपेन्द्र यादवले अघिल्लो सरकारको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाए।
- उनले राजनीतिक द्वन्द्व हल नगरेर चुनावमा जाँदा आगामी संसद प्रभावकारी नहुने बताए।
- यादवले शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गरेर मुलुकलाई सफल बनाउनुपर्ने धारणा राखे।
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाइ दाबी गर्ने दलहरूको असफलता, अकर्मण्यता र अदूरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाएका हुन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चुनाव गरेको भए आगामी संसद् थप प्रभावकारी हुने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।
यादवले जेजस्तो परिस्थिति भए पनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकमा लोकतन्त्र जोगिए पनि संविधानमा सङ्घीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अब शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।
उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरिनेदेखि स्वदेशमा नै रोजगारी, निःशुल्क स्वास्थ्य, शिक्षा, सम्पत्ति छानबिन लगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण